News Portal

  • ज्योति लाइफ चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १३६६ पटक
    ८ असोज, २०७८

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स आज असोज ८ गतेबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट चौथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको हो ।
    यो चार वर्षको अवधिमा कम्पनीले विभिन्न ११ वटा मुख्य उपलब्धिहरु गर्न सफल भएको जानकारी गराएको छ ।
    कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरी सेवा प्रवाह गरेको छ । त्यस्तै, सर्वाधिक ३५ वटा घातक रोगविरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी बन्न सफल भएको इन्स्योरेन्सको दाबी छ । साथै, कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीवन बीमा योजना जारी गरिसकेको छ ।
    कम्पनीले कुल ७ अर्ब रुपैयाँ लगानी गरी आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्कसहित हालसम्म ६ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बताएको छ । कम्पनीमा हाल १० हजारभन्दा बढी सक्रिय अभिकर्ता रहेका छन् भने ९० हजारभन्दा बढी बीमित रहेका छन् ।
    सर्वसाधारणलाई ६६ करोड रुपैयाँको सेयर जारी गरी कुल चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ कायम गरेको छ । चार वर्षमा कम्पनीले ४ अर्ब रुपैयाँको जीबन बीमा कोष कायम गरिसकेको छ । सञ्चालनको पहिलो वर्षदेखि नै नाफा कमाएको इन्स्योरेन्सले हाल आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको छ ।
    यससँगै, कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा थप साथ र सहयोगको अपेक्षा गर्दै थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्