News Portal

  • सिटिजन्सले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १२४६ पटक
    ८ असोज, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२।९१३ प्रतिशत बोनस र ३।०८७ प्रतिशत नगद ९कर समेत० गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    उक्त प्रस्ताव असोज ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १२।९१३ प्रतिशत बोनस सेयरपश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ ।
    प्रस्तावित १६ प्रतिशत लाभांश तीन वर्षयताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, बैंकले आव २०७५÷७६ र आव २०७४÷७५ बाट क्रमशः १५ प्रतिशत र ५।२६३ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट भने सेयरधनीलाई १७ प्रतिशत खुवाएको थियो ।

    प्रतिकृया दिनुहोस्