News Portal

  • एनएमबि बैंकद्वारा बाढीपीडितलाई सहयोग

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १२२३ पटक
    ८ असोज, २०७८

    काठमाडौं । एनएमबि बैंकको सुस्ता कुडिया शाखाले प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका २०४ बाढीपीडित घरपरिवारलाई सहयोग गरेको छ । बैंकले करिब ४ लाख बराबरको खाद्यान्न राहत वितरण गरेको जनाएको छ ।
    डुबानका कारण बाडीपिडित भइ खाद्यान्न समस्या हुन थालेपछि एनएमएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत सहयोग गरेको हो ।
    बैंकले दैनिक उपभोग्य वस्तुहरु ९ दाल, चामल, नुन, तेल, बेसार, चिउर आदि प्रदान गरेको हो । बैंकका एरिया म्यानेजर युवराज पाठकले अलिकति भए पनि यस क्षेत्रका जनताको दुःखमा साथ दिन एनएमबि बैंक आएको बताए ।

    प्रतिकृया दिनुहोस्