News Portal

  • अजोड इन्स्योरेन्सद्वारा विभिन्न तालिमहरु सम्पत्र

    आर्थीकसंसार संवाददाता७ असोज, २०७८
    ८९१ पटक
    ७ असोज, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्सले हालै विभिन्न तालिमहरु सम्पन्न गरेको छ । इन्स्योरेन्सले गत भदौको अन्तिम सातामा विभिन्न स्थानमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको हो । जसमा कूल ९६ जना सहभागी भएका थिए । कम्पनीले भदौ २० र २१ गते काठमाडौंमा कम्पनीको प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीलाई इनहाउस मार्केटिङ्ग ट्रेनिङ्ग सम्पन्न गरेको थियो । उक्त तालिममा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।


    त्यस्तै अजोड इन्स्योरेन्स कम्पनीले भदौ २९, ३० र ३१ गते भच्र्युअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको थियो । सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्वारा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । उक्त तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
    त्यसैगरी, कम्पनीले प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्सका प्रबन्धक दिपक पोखरेलले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । उक्त तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
    अजोड इन्स्योरेन्स लिमिटेडको भच्र्युअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले गरेका थिए । उक्त तालिमहरुमा सहजीकरणको कार्य केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गर्नुभएको थियो ।
    त्यस्तैगरी अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेमप्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पार्नुभएको थियो ।


    अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजीकरण अजोड इन्स्योरेन्स लि.का प्रदेश नं.२ का प्रमुख बद्रीनाथ शर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्