काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।
चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनुभयो । यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानी छानी लान सक्नुहुनेछ ।
अफरअन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नुहुनेछ । ग्राहकहरुले प्रत्येक ICV Haulage, MCV टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा TVS NTorq स्कुटर पाउन सक्नु हुनेछ भने माथि उल्लेखित गाडीहरु मध्ये ICV Haulage, MCV Tipper वा बसमध्ये एकैपटक दुईवटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो साथै आईफोन १२ प्रो म्याक्स अथवा Royal Enfield 350 CC Bullet Bike पाउन सक्नु हुनेछ । कुनै पनि HCV साथै ICV टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा Tvs Ntorq Scooter पाउन सक्ने हुने छ । त्यस्तै गरी दुई वटा एचसीभी र आईसीभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आईफोन १२ प्रो म्याक्स अथवा Royal Enfield 350 CC Bullet Bike पनि पाउन सक्नु हुनेछ । HCV तथा ICV टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्नु हुनेछ ।
यो योजनअन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।
आईएमई मोटर्सले ‘दसैं तिहारको बहार पक्का उपहार’ योजना ल्यायो
आर्थीकसंसार संवाददाता६ असोज, २०७८
६ असोज, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान