News Portal

  • एशियन लाईफको २४ वर्षे योजना

    आर्थीकसंसार संवाददाता५ असोज, २०७८
    ८१४ पटक
    ५ असोज, २०७८

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’ सुरू गरेको छ । कम्पनीले असोज ५ गते उक्त योजना सार्वजनिक गरेको हो ।
    इन्स्योरेन्सले परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले यो योजना सञ्चालनमा ल्याएको हो ।
    मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ (एडीबी), स्थायी अपाङ्गरअशक्त सुविधा (पीटीडी) र बीमाशुल्क छुट सुविधा (पीडब्लूबी) थप गर्न सकिने व्यवस्था रहेको छ ।
    यो योजनामा १८ वर्षदेखि ५३ वर्ष उमेरसम्मको व्यक्ति मात्र सहभागी हुन सक्ने छन् । २४ वर्षे अवधि रहेको यो योजनामा बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क २५ हजार रुपैयाँभन्दा बढी बीमितको आर्थिक अवस्थाको आधारमा जतिसुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ ।
    यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ । साथै यस कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखामार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ भने भविष्यमा अन्य बीमा योजनाहरु समेत ल्याउने योजना रहेको छ । हालसम्म कम्पनीले २३ वटा बीमालेखहरु बिक्रीमा ल्याईसकेको छ ।
    योजना सार्वजनिक गर्ने कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूतराज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंलगायतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्