News Portal

  • सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता५ असोज, २०७८
    ७१८ पटक
    ५ असोज, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले कमलादीस्थित जोन्ता क्लब काठमाडौं नेपाललाई चार लाख ९७ हजार सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल सो रकम क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।
    बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ । साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ ।
    जोन्ता क्लब समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउनेलगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आईरहेको संस्था हो ।

    प्रतिकृया दिनुहोस्