News Portal

  • ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    लाभांश र हकप्रदको प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता३ असोज, २०७८
    १८११ पटक
    ३ असोज, २०७८

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभामा २० प्रतिशत बोनश शेयर वितरणपछि कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० को २०० प्रतिशत अर्थात १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसमेत पारित भएको छ ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्