News Portal

  • समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ५३१ पटक
    ७ भदौ, २०७७

    काठमाडौं । समता लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
    कम्पनीको भदौ ५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार ८ सय रुपैयाँको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेमा कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्