News Portal

  • नेपाल पुनर्बीमाको सञ्चालकबाट डिल्लीराज अर्यालको राजीनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    ११८४ पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । डिल्लीराज अर्यालले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले भदौ २७ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
    सरकारले अर्याललाई केही समय अगाडि मन्त्रालय तानेको थियो । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख शेयरधनी राष्ट्रिय बीमा कम्पनीमा आफु नरहेको भन्दै उनले सञ्चालक सदस्यको रुपमा निरन्तरता दिन नसक्ने कारण खुलाइ राजीनामा दिएका थिए ।
    नेपाल पुनर्बीमामा नेपाल सरकारसहित केही बीमा कम्पनी, व्यवसायिक घरानासहित सर्वसाधारणको लगानी रहेको छ । यदि मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा स्वीकार गरेको भए उनले राजीनामा दिनु पर्दैन थियो ।

    प्रतिकृया दिनुहोस्