News Portal

  • एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७८
    २१६६ पटक
    ३० भदौ, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेका हुन् ।
    कम्पनीका सञ्चालकद्वय सजल मास्के, अच्यूतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
    चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितिमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पुर्याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटो छरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।
    स्वर्गीय महराले एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा ७५ लाखको वार्षिक धन लाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकमसमेत जम्मा १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको हो ।
    स्वर्गीय महराले बीमा शुल्क वार्षिक धन लाभ जीवन बीमामा ६ लाख १५ हजार १ सय ८८, दम्पती सुरक्षामा ५ लाख ९३ हजार ७ सय ४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९ सय ६ रुपैयाँ समेतगरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमा शुल्क बापतको रकम यस कम्पनीमा जम्मा गरेका थिए ।
    सिन्धुपाल्चोकको मेलम्ची–१० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्