News Portal

  • मञ्जुश्री फाइनान्सको विभिन्न शाखा कार्यालयको कारोबार शुभारम्भ

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७८
    १९८३ पटक
    २९ भदौ, २०७८

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्साबजार शाखाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गर्नुभयो । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने अब थप ३ सहित शाखा संख्या १८ रहनेछ ।
    २०७८ साल आषाढ मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु. ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले रु. ८.९१ अर्ब निक्षेप संकलन गरी रु. ७.९५ अर्ब कर्जा परिचालन गरेको छ ।
    यसका साथै यस फाइनान्सले विप्रेषण, मोवाइल बैंकिङ, इन्टरनेट बैकिंग र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँंदै आएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्