News Portal

  • महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०७८
    १७५८ पटक
    २६ भदौ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार १३३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएकाले उक्त शेयर बिक्री गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएको शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय दरबार मार्गमा निवेदन दिन कम्पनीले भनेको छ ।
    उक्त अवधिमा शेयर खरिदका लागि संस्थापक शेयरधनीको आवेदन नआएमा प्रचलित कानुनबमोजिम शेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले यही सूचनामार्फत बताएको छ ।

    प्रतिकृया दिनुहोस्