काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले प्रवद्र्धन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को बाँडफाँड सम्पन्न भएको छ । फण्डका लागि आवेदन दिने सम्पूर्णले इकाई प्राप्त गरेका छन् ।
रितपूर्वक प्राप्त आवेदनमध्ये १०० इकाईदेखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १ लाख ५५ हजार ८६४ जना आवेदकहरुलाई माग गरेबमोजिम इकाई बाँडफाँड गरिएको छ । ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४ लाख ३६ हजार ३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकी रहेको २९० इकाई ३४ जनामध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २.३७ गुणा बढी आवेदन हो ।
प्रति इकाई मूल्य १० रुपैयाँ दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईको सार्वजनिक निष्काशन गरिएको थियो ।
मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य १० रुपैयाँको दरले १२,५०,००,००० (बाह्र करोड पचास लाख) इकाईहरु अर्थात १,२५,००,००,००० (एक अर्ब पच्चीस करोड) बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।
मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड सम्पन्न
आर्थीकसंसार संवाददाता२४ भदौ, २०७८
२४ भदौ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो