News Portal

  • स्वरोजगार लघुवित्तद्वारा २५ प्रतिशत बोनश शेयर प्रस्ताव

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
    १६४५ पटक
    २३ भदौ, २०७८

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ का लागि आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत अर्थात १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
    लघुवित्तले जनकपुर लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबारसमेत सुरुवात गरेको हुँदा घोषित लाभांशमा लाग्ने करको व्यवस्था नगरेको जनाएको छ ।
    प्रस्तावित बोनश शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्