News Portal

  • बीओकेले ल्यायो नगद फिर्ता योजना

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    ९९६ पटक
    २० भदौ, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूले फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आपूmलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । बैंकले आउँदै गरेको चाडपर्वहरु कुशेऔंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी उक्त योजना ल्याएको हो ।
    योजनाअन्तर्गत ग्राहकलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । ग्राहकले नगद फिर्ता योजनामा सहभागी हुनका लागि अनलाइन अडरपश्चात बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्गमार्फत क्युआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत ईसीओएमएम (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ ।
    यस नगद फिर्ता योजना २०७८ साल भदौ २० गते देखि २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगद फिर्ता योजनामा सहभागीपश्चात प्रयोगकर्ताले कारोबार गर्नुभएको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटकसम्म प्रयोग गर्न सकिनेछ ।
    बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्