News Portal

  • ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७८
    १३७४ पटक
    १३ भदौ, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
    मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औंशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टु फादर’ लेखी क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म) क्यासब्याक पाइने छ ।
    यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।
    क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिवोएसरइकममार्फत ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३०० क्यासब्याक फिर्ता पाउने छन् । महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्