काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा बारामा भएको हो । जुममार्फत साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
साधारणसभामा पुँजी संचरना परिवर्तन गर्ने निर्णय पारित भएको छ । हाल कम्पनीको संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेको छ । कम्पनीले संस्थापक समुहको ७० प्रतिशतमध्ये १० प्रतिशत सर्वसाधारणभा परिणत गर्ने प्रस्ताव पारित भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण, नाफा, नोक्सान हिसाब नगदमा छलफललगायतका प्रस्ताव पारित गरेको छ ।
सभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनीको ऐन २०६३ को दफा १०५ उपदफा १ ग ले निर्धारण गरेको बीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभाले एनएफआरएस अनुसार आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन पारित छ । साधारणसभाले संस्थापक समूहको तर्फबाट दिपककुमार श्रेष्ठ, सुरेन्द्र कुमार गोयल, निष्ठा प्रधानाङ्ग, सुशान्त चाचान गरी ४ जना, सर्वसाधारण समूहको तर्फबाट सौरब रुंगटा, सजल मास्के गरी २ जना र एक जना स्वतन्त्र विज्ञ संञ्चालक निर्वाचित भएका छन् ।
त्यस्तै, सभाले बीमा समिति, कम्पनी रजिष्ट्रर कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ ।
एशियन लाइफको १२औं वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता३१ साउन, २०७८
३१ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?