आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
२५ साउन, २०७८काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले पुण्यराम प्रजापतिको मृत्यु वापतको उनको परिवारलाई १५ लाख रुपैयाँ दाबी दिएको हो ।
उक्त दाबी रकम मृतकको श्रीमती रचनामैया प्रजापतिलाई कम्पनीका वरिष्ठ नायव महाप्रबन्धक दिपेशबाबु तिवारीले हस्तान्तरण गरेका हुन् । कम्पनीका वरिष्ठ नायव महाप्रबन्धक तिवारीले दाबी भुक्तानी सयमयमा नै गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथाशीघ्र गर्ने कम्पनीको नीतिअनुरुप दाबी दिएको जनाए ।