काठमाडौं । ग्लोबल आइएमई बैंक र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाको लागि सम्झौता भएको छ ।
बैंक र क्लबबीच काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा बैंककोतर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसकोतर्फबाट सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत रही लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रे जिल्लामा अध्यापनरत शिक्षकहरुलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने छ । उक्त प्रक्रियामा शिक्षकहरुले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पेमार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सक्नेछन् । यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ्ग साक्षारतासम्बन्धी कार्यक्रमसमेत आयोजना गर्नेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
ग्लोबल बैंकले शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध
आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
२५ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन