काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक हिमालयन रि इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँको सेयर किनेका छन् । दुबै बैंकले ५०÷५० करोड रुपैयाँ बराबरको सेयर किनेका हुन् ।
ग्लोबल आईएमई, प्रभु, एनआईसी एशियालगायत बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ठूलो लगानी गरेपछि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि नयाँ पुनर्बीमा कम्पनीको सेयरमा ठूलो लगानी गरेका हुन् ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीमा ११० जना व्यक्ति तथा कम्पनीले ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यसमा अधिकांश व्यक्तिगत तथा प्रालि प्रर्वद्धक छन् भने ३ वटा पब्लिक लिमिटेड रहेका छन् । दुई बैंकका साथै हिमालयन इन्फ्राष्ट्रक्चर फण्डले पनि १ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयन रिलाई बीमा समितिले पुनर्बीमा व्यवसाय गर्न लाइसेन्स दिएको छ तर कम्पनीले व्यवसायिक कारोबार भने सुरु गरिसकेको छैन ।
राष्ट्रिय वाणिज्य र नेपाल बैंकले हिमालयन रिको एक अर्ब रुपैयाँ बराबरको सेयर किने
आर्थीकसंसार संवाददाता२१ साउन, २०७८
२१ साउन, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न