News Portal

  • ‘सेञ्चुरी बैंक र बैंकका अध्यक्षका विषयमा आएका समाचार भ्रामक र कपोकल्पित’

    आर्थीकसंसार संवाददाता२० साउन, २०७८
    ६८० पटक
    २० साउन, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार रहेको बैंकले जनाएको छ । केही अनलाइन सञ्चारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंकले खेद व्यक्तसमेत गरेको छ ।
    बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्यसत्यको आधारमा प्रकाशित गर्नु हुनसमेत सम्पूर्ण सञ्चारमाध्यमहरुलाई बैंकले एक प्रेस विज्ञप्ति जारी गरी हार्दिक अनुरोध गरेको छ । बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नुपर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्थाबमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्ता -Arbitration Tribunal) सँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टैै यस मुद्दाको फैसला आउनेमा बैंक विश्वस्तसमेत रहेको जानकारी गराउन चाहन्छौं । तसर्थ, अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्दामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनीय र कानुनसंगत नहुने व्यहोरासमेत सम्पूर्ण सरोकारवाला सबैमा बैंकले दिइएको जानकारीमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्