काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच समझदारी भएको छ ।
बैंकले विद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शुन्य प्रतिशत प्रिमियम सहित कर्जा प्रवाह गर्ने गरी सिप्रदीसँग समझदारी गरेको हो ।
बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट योजनाअन्तर्गतको यो समझदारीअन्तगर्त ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङ्गसहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जानकारी गराएको छ ।
नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्सका शोरुमहरुमा अवलोकन तथा ‘टेस्ट ड्राइभ’ को लागि उपलब्ध रहेको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । साथै, थप जानकारीको लागि [email protected] मा ईमेल वा ०१–५९७१५० मा सम्पर्क गर्न सकिनेछ । साथै इच्छुक ग्राहकले १६६००१५५७७७ नम्बरमा कल गरी वा यो लिंकमा गएर आफ्नो नाम दर्ता गराई (लग ईन गरी) नेक्सन इभी बुकिङ्ग गर्न सक्नेछन् ।
एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालीबीच सम्झौता
आर्थीकसंसार संवाददाता१८ साउन, २०७८
१८ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन