News Portal

  • ज्योति लाईफद्वारा ललितपुर महानगरका कर्मचारीको मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१५ साउन, २०७८
    ३६३ पटक
    १५ साउन, २०७८

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी स्व. बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापत उनकी श्रीमती बिमला श्रेष्ठ अवालेलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।
    स्व. अवालेको गत बैशाख २९ गते कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । महानगरपालिकाका कर्मचारीहरु कुनै पनि महामारी वा बिपदको परिस्थितिमा समेत निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्समा गरिएको थियो ।
    ज्योति लाईफले आफ्नो स्थापनादेखि नै विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा विभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजना बिक्री गर्दै आएको छ । ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ ।
    ललितपुर महानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख चिरिबाबु महर्जनले स्व. अवाले अत्यन्त मेहनती कर्मचारी रहेको र उनको निधनले महानगरपालिकालाई अपुरणीय क्षति भएको कुरा व्यक्त गर्दै स्व. अवालेको श्रीमती बिमला श्रेष्ठ अवालेलाई महानगरपालिकामा रोजगारीको व्यवस्थासमेत गरिसकेको बताए ।
    त्यस्तै, ज्योति लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले कर्मचारीको जोखिमको लागि महानगरपालिकाले पहल गरेको कर्मचारी बीमामार्फत सहयोग गर्न सकेकोमा महानगरपालिकालाई धन्यबाद दिँदै, सो रकमले शोक सन्तप्त परिवारको घाउमा थोरै भए पनि मलम लगाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
    ललितपुर महानगरपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा महानगरपालिका तथा ज्योति लाईफका अन्य पदाधिकारीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्