News Portal

  • मेगा बैंकबाट दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई ७ लाख रुपैयाँ प्रदान

    आर्थीकसंसार संवाददाता१४ साउन, २०७८
    ४५८ पटक
    १४ साउन, २०७८

    काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ ।
    मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो ।
    मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन् । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो ।
    न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ ।
    ग्राहक र उनीहरुका परिवारलाई भैपरी आउने यस्ता घटनाबाट सहायता मिलोस भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्