News Portal

  • नबिल बैंकको कर्जाको लागि अनलाइन आवेदन दिन सकिने सुविधा

    आर्थीकसंसार संवाददाता११ साउन,२०७८
    ५९५ पटक
    ११ साउन,२०७८

    काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको हो ।
    यस सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
    बैंकका अनुसार बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरिएको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक– गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’अनुरूप रहेको बैंकले उल्लेख गरेको छ ।
    हालसम्म बैंकले देशभर १३५ वटा शाखा कार्यालयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टहरुको मार्फत सेवा प्रवाह गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्