News Portal

  • नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र लेटाङ बजारमा सञ्चालन

    आर्थीकसंसार संवाददाता११ साउन, २०७८
    ५७९ पटक
    ११ साउन, २०७८

    काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विस्तारित सेवा केन्द्र उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन् ।
    बुधबारे बजार लेटाङ नगरपालिका–१, २ र ३ तथा केराबारी गाउँपालिका–९ को केन्द्रको रूपमा स्थापित भई बैंकिङ पहुँचबाट टाढा रहेको अवस्थामा नगरपालिकाको आग्रह र ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
    विस्तारित सेवा केन्द्रबाट चेक क्लियरिङ, सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालनलगायत सेवा उपलब्ध हुने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्