काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।
यस सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई आपूmले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।
बैंकको एटीएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ ।
नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिने छ । सनराइज बैंकले यसअघि पनि मिस्डकलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटीएममार्फत लिन सक्नेछन् ।
सनराइज बैंकका ग्राहकले एटीएमबाट पैसा झिक्न सक्ने
आर्थीकसंसार संवाददाता५ साउन, २०७८
५ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो