News Portal

  • सिटिजन लाइफद्वारा मृत्यु दावी रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२९ असार, २०७८
    ५२१ पटक
    २९ असार, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर, कपिलवस्तु शाखाले मृत्यु बीमा दाबी हस्तान्तरण गरेको छ । कम्पनीले बीमितिको घरमै पुगेर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । ८ महिना अगाडि कम्पनीको जीतपुर शाखाबाट ५ लाख बिमाङ्कको डबल सुरक्षा योजना बीमालेख लिएका बाणगंगा ०४ कपिलवस्तुका नेत्रमणी बराललाई कम्पनीले ५ लाख ६९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
    मृतकको श्रीमती भूमिकाला बराललाई उक्त बराबरको रकम हस्तान्तरण गरेको हो । स्वर्गीय बरालको प्रिमियम बापत ५० हजार ३७३ रुपैया प्रथम बीमा शुल्क बुझाएका थिए ।
    कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक जितपुर एरिया लक्ष्मण मरासिनीले कम्पनी र जीवन बीमाको महत्वबारे प्रकाश पार्नुका साथै मृतक परिवारले दुई गुणा बिमाङ्कअन्तर्गत थप एक गुणा ५ लाख बीमा रकम बीमा समाप्ति अवधिमा सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए ।
    कार्यक्रममा बा न पा ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले सबैले बीमा गर्नु आवश्यक रहेको र बीमा गर्दा भरपर्दाे संस्थाबाट गर्नुपर्ने कुरा व्यक्त पारे । उनले सिटिजन लाइफले छोटो समयमै धेरै जनताको विश्वास जित्न सफल भएको भन्दै थप सफलताको सुभकामनासमेत व्यक्त गरे ।
    त्यसैगरी शाखा प्रबन्धक सम्झना आचार्यले दाबी भुक्तानी कम्पनीले डिजिटल माध्यमबाट छिटो र सहज तरिकाले गरेको बताइन् । एजेन्सी म्यानेजर चन्दा पौडेलले दाबी भुक्तानी हस्तान्तरण छिटो भन्दा छिटो उपलब्ध गराएर सिटिजन लाइफले आम मानिसमा जीवन बिमाप्रति सकारात्मक धारणा बनाउन प्रयासरत रहेको बताइन् ।
    कार्यक्रममा ब्रान्च अफिस एसोसिएट सागर बन्जाडे, एजेन्सी म्यानेजर मधु भुसाल, जमुना सापकोटा, रितु खरेल, जानुका भुसाल, कला आचार्यलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्