News Portal

  • नेपाल लाइफ इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२७ असार, २०७८
    ६८५ पटक
    २७ असार, २०७८

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आइतबार मात्रै दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको हो ।
    जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रहेको छ । कम्पनीको ३१ प्रतिशत अर्थात १ करोड ७० लाख ३८ हजार ०९८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत अर्थात १५ लाख ८ हजार १५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुबैको कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

    प्रतिकृया दिनुहोस्