काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ ।
बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खानालगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो ।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
एनएमबिका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक
आर्थीकसंसार संवाददाता२७ असार, २०७८
२७ असार, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न