News Portal

  • कृषि विकास बैंकद्वारा दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी

    आर्थीकसंसार संवाददाता१५ असार, २०७८
    ८३७ पटक
    १५ असार, २०७८

    काठमाडौं । कृषि विकास बैंकले दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी छ । गत बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको सुरुवात गरेको बैंकले हालसम्ममा सो मात्राको कार्ड जारी गरेको हो ।
    नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैंक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयस्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् । यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म कायम गरिएको छ । त्यसैगरी, ईएमभी कम्प्लियन्स, कन्ट्याक्टलेस पेमेन्ट फिचर्स नेपाल र भारतमा चल्ने, पीओएस टर्मिनलमार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै, उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्