News Portal

  • ज्योति विकास बैंकले टाटा र कार्गो गाडी खरिदमा कर्जा उपलब्ध गराउने

    आर्थीकसंसार संवाददाता१३ असार, २०७८
    ७०९ पटक
    १३ असार, २०७८

    काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा.लि.बीच टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको लागि कर्जासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।
    सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन् ।
    यस सम्झौतापश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७० प्रतिशतसम्म कर्जासहित सजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ ।
    गुणस्तरीय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ ।
    सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटीएम वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्