News Portal

  • एनएमबि बैंंकद्वारा बाढी प्रभावितलाई राहत वितरण

    आर्थीकसंसार संवाददाता६ असार, २०७८
    ६७२ पटक
    ६ असार, २०७८

    काठमाडौं । एनएमबि बैंकले मनाङ्ग जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलिकप्टर चार्टर गरेर बैंकले राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको हो ।
    एनएमबि बैंकको मनाङ्ग शाखाका शाखा प्रमुख लभ गुरुङ्गको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाँउपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं। ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपयुक्त गुणस्तरीय सामग्रीहरु वितरण भएको थियो ।
    अचानक मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्धार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे । उद्धार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।
    विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङ्गका अधिकांश नदीहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौं मानिसहरु घरवार विहीन भएका छन् । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पुर्याएको छ । चामे गाँउपालिका का वडा नं। ४ र ५ जोडने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङ्गले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्