काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । असार ५ गते सम्पन्न बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले १ बराबर ०.३५ को सेयर मूल्य अनुपात (स्वाप रेसियो) मा फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई स्वीकृति दिएको हो । यससँगै, सेयरधनीले युनाईटेड फाइनान्सको १ कित्ता सेयर बराबर नबिल बैंकको ०.३५ कित्ता सेयर पाउने भएका छन् ।
नबिल बैंकले संस्थालाई प्राप्ति गर्नको लागि गत बैशाख १७ गते शुक्रबार प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा नबिल बैंकको तर्फबाट मर्जर÷प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर÷प्राप्ति कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका हुन् । यससँगै, युनाईटेड फाइनान्सको गत बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त प्राप्ति गर्ने प्रक्रिया पुरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।
नबिल बैंकले प्राप्ती गर्यो युनाईटेड फाइनान्स
आर्थीकसंसार संवाददाता६ असार, २०७८
६ असार, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न