काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका–३ धादिङबेसीस्थित नेशनल माइक्रो फाइनान्समा समाहित हुने प्रस्ताव पारित गरेको हो ।
सभाले दुई संस्था वीच प्राप्ती वा समाहित प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल र अचल सम्पत्ति दायित्वको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात महिला सहयात्रा लघुवित्तको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६८ कित्ता सेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
गत जेठ ९ गते गाभ्ने÷गाभिने सम्वन्धी भएको अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्त संस्थाको यस विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको महिला सहयात्रा लघुवित्तको चुक्ता पुँजी १४ करोेड ६४ लाख रुपैयाँ रहेको छ । प्राप्ती (एक्विजीसन) पछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पुँजी, व्यवसाय, शाखा संजालसमेतका हिसावले ठूलो तथा मजबुत लघुवित्त वित्तीय संस्था बन्नेछ । संस्थाको चुक्ता पुँजी करिब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुल कर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।
त्यस्तै, १०० वटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीहरुमार्फत करिब १ लाख ४० हजार ग्राहकलाई सेवा प्रदान गर्ने एक सवल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने छ ।
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने प्रस्ताव पारित
आर्थीकसंसार संवाददाता२५ जेठ, २०७८
२५ जेठ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?