काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस् भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ ।
यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो ।
गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालयसम्म पुग्न चाहनेहरुलाई अझ सहज हुनेछ । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेबसाईटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको छ । उदाहरणको लागि केन्द्रीय कार्यालयको गुगल प्लस कोड यस प्रकार रहेको छ स् 7MV7P85C+QP
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
मुक्तिनाथ बैंकले ‘गुगल प्लस कोड’ प्रयोगमा ल्यायो
आर्थीकसंसार संवाददाता१६ जेठ, २०७८
१६ जेठ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल बैंकको नगद लाभांश घोषणा
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न