काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, १० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका वाबजुद यस प्रभु इन्स्योरेन्सले बीमा क्षेत्रमा एक सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको बताएको छ । साथै, व्यवसाय वृद्धि, दावी भुक्तानी तथा खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेका कारण सेयरधनीलाई प्रतिफल दिन सक्षम भएको कम्पनीले बताएको छ ।
कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरी सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिएको छ ।
साथै कम्पनीले केन्द्रीय कार्यालयसहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ । उक्त सभा तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा विद्युतीय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो ।
प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित
आर्थीकसंसार संवाददाता६ जेठ, २०७८
६ जेठ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न