News Portal

  • सिटिजन्स बैंकले क्यूआर कोडको प्रयोग बढाउन सन्देशमुलक भिडियो सार्वजनिक

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०७८
    ५०७ पटक
    ९ वैशाख, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न भिडियो सार्वजनिक गरेको छ । बैंकले बिहीबार क्यूआर कोड प्रयोगसम्बन्धी एक सन्देशमुलक भिडियो सार्वजनिक गरेको हो । करिब साढे २ मिनेटको छोटो भिडियोमा क्यूआर कोड प्रयोगबारे सन्देश लिन सकिन्छ ।
    भिडियोमा एक जना यादव थरका वयस्क मुख्य पात्रको भूमिकामा देखिन्छन् । भिडियोमा देखाइएअनुसार उनले हालै छोरोको कारण स्मार्ट फोन खरिद गरेका छन् । उनले आफ्नो कार्यालयमा कलमले कपीमा लेख्दै गर्दा उनका सहकर्मीले कम्प्युटरको जमानामा कलमले नलेख्न सुझाव दिन्छन् ।
    कार्यालयमै सहकर्मीहरुसँग चिया पिउँदै गर्दा एक जना स्टाफले उनलाई फेसबुकमा साथी बन्न अनुरोध गर्छन् । तर, यादव दैनिक भेटघाट भइरहेको भन्दै उनी उनको कुरा वेवास्ता गर्दै अगाडि बढ्छन् । यसको मतलव उनी प्रविधिको प्रयोग बारे अनविज्ञ देखिन्छन् ।
    यादव अफिसबाट घर फर्किँदै गर्दा बाटोमा एक जना युवति दुर्घटनामा पर्छिन् । ती युवतिलाई उनले लागि नजिकैको मेडिकलमा लिएर उनका लागि पानी बेन्डिज खरिद गर्न खोज्दा उनीसँग खल्तिमा नगद रुपैयाँ नभएको भिडियो देखाइएको छ ।
    त्यतिखेरै यादवले आफ्नो छोराले घरमा भनेको कुरा सम्झिन्छन् र पानी र बेन्डेज खरिद गर्न उनी खल्तिबाट स्मार्ट फोन समात्दै क्यूआर कोडमार्फत पैसा भुक्तानी गर्छन् । यस्ता विभिन्न सन्देशमुलक भिडियो बनाएर होस् वा विभिन्न ठाउँमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेर बैंकले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन तथा प्राथमिकता दिइरहेको छ ।
    पछिल्लो समय बैंकको बिजनेस ग्रोथ पनि राम्रै देखिएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणका अनुसार बैंकका हरेक परिसूचकहरु उत्साहजनक छन् ।
    बैंकले आर्थिक वर्ष २०७७÷७८ को चैत्र मसान्तसम्म कुल करिब १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।
    स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्