काठमडौं । कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढेको छ । विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको नाफा एक वर्षको अवधिमा १७२ प्रतिशत अर्थात ३६ करोड ७७ लाख रुपैयाँले बढी हो ।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ५४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०८ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी १० लाख ७७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ५ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी बढेर २६ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकले ३ करोड ९२ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरी ३ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ । जुन अघिल्लो आवको चैत मसान्तसम्मको तुलनामा क्रमशः २३ र ४१ प्रतिशतले बढी हो ।
बैंकको प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँले बढेर २९.४७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११४.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशत विन्दु घटेर १ प्रतिशतमा झरेको छ । बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ८.१५ प्रतिशत र ४.९५ प्रतिशतमा झरेको छ ।
कामना सेवा बैंकको नाफा १७२ प्रतिशतले बढ्यो
आर्थीकसंसार संवाददाता५ वैशाख, २०७८
५ वैशाख, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो