News Portal

  • ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७७
    ८३४ पटक
    १२ चैत्र, २०७७

    काठमाडौं । ज्योति विकास बैंकले यही मिति २०७७ साल चैत्र १२ गते रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० वटाभन्दा बढी क्यूआर कोड वितरण गरेको छ ।
    बिहीबार आयोजित क्यूआर भुक्तानी प्रबद्र्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गर्नुभएको थियो । साथै कार्यक्रममा क्युआरसम्बन्धी विभिन्न जानकारीसमेत पनि प्रदान गरिएको थियो ।
    क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्युआर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।
    क्युआर कोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल, सहज र सुरक्षित भुक्तानीलगायतका थुप्रै सुविधाहरु प्राप्त हुने छ ।
    बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथै बैंकले डिजिटल बैंकिङलाई थप प्रबद्र्धन र देशभरी नै क्युआर कोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिवद्वता व्यक्त गरेको छ ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब रु. ३९ अर्ब लगानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्