काठमाडौं । सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौताअनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सिद्धार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता
आर्थीकसंसार संवाददाता८ चैत्र, २०७७
८ चैत्र, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?