काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता भएको हो ।
सो सम्झौतापत्रमा नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद क्षेष्ठले हस्ताक्षर गरेका हुन् । सो सम्झौता काठमाडौंको नेपाल औषधि व्यवसायी संघको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभरको औषधिको थोक व्यवसायीको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिति रहेको थियो ।
साझेदारीको बारेमा बोल्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तीय पहुँचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामीे औषधि व्यवसायीहरु र बैंकको दिगो विकासलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तीय लगानी गर्ने अग्रणी बैंकमध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउनेछ । साथै, नबिल बैंकले आपतकालीन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुसँग आबद्घ हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।’
नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता
आर्थीकसंसार संवाददाता६ चैत्र, २०७७
६ चैत्र, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?