काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका–२०७७ को अधीनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ । सम्झौताअनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष नमराज नगरकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक रोविन घिमिरे, सचिवालयका तर्फबाट प्रमुख लेखा नियन्त्रक उपसचिव बसन्तराज सिग्देललगायत वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता
आर्थीकसंसार संवाददाता६ चैत्र, २०७७
६ चैत्र, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो