काठमाडौं । ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी “हाम्रो विकास प्रबद्र्वन कोष”बाट बेनी अस्पताल, बेनी नगरपालिका–८ -म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं. १–बाग्लुङलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको छ । बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति बैंकद्वारा संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जंग अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रुपमा अस्पताल सञ्चालक समितिकी सदस्य श्रीमती सीता कँडेल र डा. मिलन मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।
बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल( कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल (नवलपुर, महाकाली अञ्चल अस्पताल (कञ्चनपुर, प्युठान जिल्ला अस्पताल–प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र–महोत्तरी, आम्दा अस्पताल–झापा, जिल्ला अस्पताल–खोटाङ्ग, सामरी स्वास्थ्य चौकी–सामरी, बेनी अस्पताल– म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र– बाग्लुङलाई एक–एक थान बेबी वार्मर प्रदान गरी हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ । बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु। ८ लाख प्रदान गरेको थियो ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरुलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको छ ।
ज्योति बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
आर्थीकसंसार संवाददाता२० फागुन, २०७७
२० फागुन, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो