News Portal

  • सुदूरपश्चिमले चितवनलाई पाँच विकेटले हरायो

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०८३
    ११ पटक
    १६ कार्तिक, २०८३

    काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा  सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।

    चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित निकालेको हो ।

    सोमबार (आज) त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले चितवनले प्रस्तुत गरेको १३० रनको लक्ष्य १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

    सुदूरपश्चिमको जितमा ब्रान्डन म्यामुलेनले ४३, इशान पाण्डेले २५, विनोद भण्डारीले ११, आरिफ शेखले २० र शेरफन रदरफोर्डले २१ रन बनाए ।

    चितवनका लागि रञ्जित कुमारले ३ विकेट लिए ।

    त्यसअघि चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सकेको थियो ।

    चितवनका लागि रवि बोपराले ४९ रन बनाउँदा डेविड मलानले १६ रन बनाए । त्यस्तै, अर्जुन साउदले १५ रन बनाउँदा कप्तान सिकन्दर रजाले १५ तथा विवेक यादवले १७ रन बनाए ।

    सुदूरपश्चिमका लागि स्कट कुग्लिङले २ विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १(१ विकेट लिए ।

    यसअघि सुदूरपश्चिमले ३ खेल खेल्दा २ खेलमा हार भोगेको थियो ।

    प्रतिकृया दिनुहोस्