News Portal

  • औषधि व्यवस्था विभागका कर्मचारीहरूको जिम्मेवारी हेरफेर

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०८३
    १४ पटक
    १३ कार्तिक, २०८३

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि व्यवस्था विभागका अधिकृतस्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

    मन्त्रालयले विभाग र मातहतका कार्यालयमा कार्यरत केही अधिकारीहरूको सरुवा गरेको हो । मन्त्रालयले औषधि व्यवस्था विभागमा कार्यरत केशु गिरी, अच्युत रेग्मी र निकेश श्रेष्ठलाई राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरेको छ । यस्तै, निशा श्रेष्ठ र सुस्मिता मरासिनीलाई भने प्रयोगशालाबाट औषधि व्यवस्था विभागमा ल्याइएको छ ।

    मन्त्रालयका अनुसार राजेश श्रेष्ठलाई विराटनगर सरुवा गरिएको छ भने प्रशासनिक तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्य केही सुपरभाइजरहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

    प्रतिकृया दिनुहोस्