News Portal

  • सुनको मूल्य एकैदिन ११ हजार ७ सय रुपैयाँले घट्यो

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०८३
    १२ पटक
    ८ कार्तिक, २०८३

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेपछि आइतबार सुनको भाउ २ लाख ७८ हजार ५ सय रुपैयाँमा झरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शनिबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । यसअनुसार एकैदिन सुनको मूल्यमा उल्लेख्य कमी आएको हो ।

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिकृया दिनुहोस्