News Portal

  • ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना तिर्न सकिने

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    ४७७ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । बैंकले शुक्रबारबाट लागु हुने गरी चितवनमा ट्राफिक जरिवाना बैंकबाटै तिर्न सक्ने सुविधा मिलाएको हो ।
    ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लंघन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।
    बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम एक्सटेन्सन काउन्टर, २४५ शाखारहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्