News Portal

  • सिटिजन्सका कार्डवाहकलाई पे लेस एप्सका आउटलेटमा विशेष छुट

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    ५९२ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीच बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहकहरुले पेलेस एप्ससँग आवद्ध ४ सय ५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
    यस्तै बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङ्गको पिन नं. बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पीन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ ।
    सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्